फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक समूहतर्फको शेयर लिलामीमा आउने भएको छ।

माइक्रोफाइनान्सको लिलामी शेयरमा मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त शेयर खरिदका लागि इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। ।

लिलामी शेयरको न्यूनतम मूल्य २९५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। प्राप्त आवेदनहरु पुस २० गते मुक्तिनाथ क्यापिटल, हात्तिसार मार्गमा बिहान १० बजे खोलिने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहिबार  ०८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।