कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै बैंकको सरकारको अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।











प्रतिक्रिया