मेगा बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी कुल १३.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।
योसँगै अधिकांश वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबि, एनसीसी, प्राइम, नबिल लगायत बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया