कमिशन घटाउन ब्रोकरले असहमति जनाएपछि शेयर बजारमा गिरावट

0
Shares

घट्यो ब्रोकर कमिशन, कारोबार शुल्क न्यूनतम १० रुपैयाँ मात्र लिन पाउने, अन्यमा कति ?

नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा नयाँ ब्रोकर कमिशनदर लागू गरेकै दिन नेप्से सूचक भने ओरालो लागेको छ ।

बोर्डले गत शुक्रबार निर्णय गर्दै आइतबारदेखि शेयर कारोबारको नयाँ कमिशनदर लागू गरेको थियो ।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आफ्नो सुझाब र अध्ययन प्रतिवेदन विपरित बोर्डले एकतर्फी रुपमा कमिशन घटाएको भन्दै आइतबार बोर्ड घेराउ गरेका थिए ।

कमिशन घटाउने निर्णय पुनर्बिचार गर्न माग गर्दै शेयर ब्रोकरहरु धितोपत्र बोर्डमा

शेयर ब्रोकहरुले बोर्डले लागू गरेको नयाँ कमिशदरमा असहमति जनाउँदा यसको प्रभाव बजारमा समेत देखिएको छ । आइतबार नेप्से सूचक झण्डै ४० अंकले घटेर २ हजार अंकमुनि झरेको छ ।

यसदिन नेप्से सूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा झरेको छ । कुल २०४ कम्पनीको कारोबार भएको बजारमा ४ अर्ब ६२ करोड ३४ लाख बराबरको शेयर किनबेच भयो ।

गत बिहीबारको तुलनामा आइतबार कारोबार रकममा समेत गिरावट आएको छ । गत आइतबार ५ अर्ब ३६ करोड ९० लाख बराबरको शेयर किनबेच भएको थियो ।

आइतबारको बजारमा कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेका छन् । यसदिन नारायणी विकास बैंकको शेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धैरै साढे ५ प्रतिशतले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।