नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

0
Shares

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।