निर्जीवन बीमा कम्पनीद्धारा २० अर्ब बीमाशुल्क संकलन, फागुनमा साढे २ अर्ब उठ्यो

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१३चैत्र, २०७७, शुक्रबार / Mar 26, 2021 12:04:pm

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको आठ महिना अर्थात फागुन मसान्तसम्ममा २० अर्ब रुपैयाँ धेरै बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ निर्जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्ममा २० अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीले भने तथ्याङ्क उपलब्ध गराएको छैन ।

राष्ट्रिय बीमा कम्पनी बाहेक १९ निर्जीवन बीमा कम्पनीले फागुन महिनामा मात्रै २ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्मा १९ लाख ८८ हजार ३२२ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये पछिल्लो एक महिना अर्थात फागुन महिनामा मात्रै कम्पनीहरुमा २ लाख ७८ हजार ६८२ वटा बीमालेख जारी भएका छन् ।

समितिको तथ्याकं अनुसार चालु आवको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

शिखरसँगै सगरमाथा, नेको, सिद्धार्थ, एनएलजी र प्रिमियर इन्स्योरेन्सले एक अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । सगरमाथाले १ अर्ब ७७ करोड, नेकोले १ अर्ब ७३ करोड, सिद्धार्थले १ अर्ब ५७ करोड, एनएलजीले १ अर्ब ४६ करोड, प्रिमियरले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, प्रभु र आइएमई जनरलले एक अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

  • फागुनमा मात्रै २ अर्ब

चालु अवको फागुन महिनामा मात्रै १९ निर्जीवन बीमा कम्पनीले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले फागुन महिनामा २ लाख ७८ हजार ६८२ वटा बीमालेख जारी गरि सो रकम संकलन गरेका हुन् ।

फागुन महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन महिनामा २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले अरु कम्पनीको तुलनामा धेरै बीमा शुल्क संकलन गरेको छ । सगरमाथाले यस अवधिमा २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments