पछिल्लो समय शेयर बजारमा भईरहेको गलत किसिमको शेयर कारोबारका सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानबिन गरेको भन्दै केही कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । बोर्डले दोस्रो बजारमा विभिन्न कम्पनीको शेयरमा चलखेल गरी अस्वभाविक रुपमा शेयर मूल्य बढाएको भन्दै यस्ता कारोबारका सम्बन्धमा थप अनुसन्धान गरिने जनाएको छ ।
जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, फाइनान्स, होटल लगायतका ५१ कम्पनीको शेयरमा कर्नरिङ र सर्कुलर ट्रोडिङ भईरहेको बोर्डको निष्कर्ष छ । यद्यपी बोर्डले सार्वजनिक गरेको सूचीमा पछिल्ला दिनमा चलखेल भएका कम्पनीहरुको सूची भने समावेश नभएको देखिएको छ ।
हेर्नुहोस् बोर्डले सार्वजनिक गरेको सूची
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया