सर्वोत्तम सिमेन्टले किन गर्यो नियम मिच्न धितोपत्र बोर्डलाई अनुरोध ?


सर्वोत्तम सिमेन्टले वुक विल्डिङ प्रणाली मार्फत मूल्य निर्धारण गरी साधारण शेयर निष्काशनका लागि नीति नियम नै उल्ट्याइदिन धितोपत्र बोर्डलाई पत्राचार गरेको भेटिएको छ । सिमेन्टले बोर्डलाई नीतिगत व्यवस्थाका कारण पर्ने असहजता हटाई कम्पनीको अनुकुलतामा शेयर निष्काशन गर्ने वाताबरण बनाइ दिन धितोपत्र बोर्डलाई पत्राचार गरेको हो ।

कम्पनीले २०७७ साल फागुन १० गते धितोपत्र बोर्डलाई पत्राचार गर्दै प्राथमिक निष्काशनका लागि बाधा अड्चन फुुकाई दिन आग्रह गरेको थियो । यो पत्र बोर्डमा जानुमा बोर्डका अध्यक्ष ढुङ्गानाले रचनात्मक भूमिका निर्वाह गर्दै सोही पत्रका आडमा पटक पटक सञ्चालक समितिको बैठकमा सर्वोत्तमको एजेण्डा प्रवेश गराएका थिए ।

प्रक्रिया नपु¥याई सर्वोत्तमको फाइल सेबोन सञ्चालक समितिमा, अध्यक्षको स्वार्थ थिएन भने कसरी आयो बाधा अड्काउ फुकाउने सम्मको सोच ?

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सर्वोत्तम सिमेन्टका प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेको आन्तरिक साँठगाँठमा नै कम्पनीले बोर्डमा यस्तो पत्र पठाएको देखिन्छ । कम्पनीले बोर्डमा नियमावली संशोधनको अनुरोध गरे पछि शेयर निष्काश नतथा बिक्री प्रबन्धक गरिनु अनि बोर्ड अध्यक्ष ढुङ्गानाले सोही समयमा सञ्चालक समितिमा पटक पटक सर्वोत्तमको एजेण्डा लैजानुले पनि न्यौपाने र ढङ्गानाको साँठगाँठलाई पुष्टि गर्छ ।

बोर्ड अध्यक्ष ढुङ्गानालाई प्रलोभनमा पारे पछि कम्पनीले फागुन १० गते बोर्डलाई पठाएको पत्रमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा ९ को उपदफा ३ क मा भएको व्यवस्था अनुसार तत्काल शेयर निष्काशन हुन नसक्ने भएकाले सर्वोत्तमको हकमा मात्र बाधा अड्चन फुकाउ गरिदिन आग्रह गरिएको छ । पत्रमा २०७६ असार २८ गतेका दिन नै पब्लिक कम्पनीमा रुपान्तरण हुने निर्णय गरेको जिकिर गर्दै २०७७ असार ३१ गते नै नियमावलीले गरेको व्यवस्था अनुसार एक वर्षको अवधि पुरा भएको उल्लेख छ । २०७६ फागुन १ गते भएकोे नियमावलीको तेस्रो संशोधन पछि मात्र यो व्यवस्था कार्यान्वयनमा आएको भन्दै कम्पनीले नियमावलीको कार्यान्वयनको मिति नै बदलिनु पर्ने आशय पत्रमा देखाएको छ ।

यस्तो छ कम्पनीले बोर्डलाई पठाएको पत्र

बाधा अड्चन फुकाउन बोर्डलाई सवोत्तमले किन गर्यो आग्रह ?

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्था अनुसार पब्लिक कम्पनीमा रुपान्तरण भएको एक वर्ष सम्म पनि सर्वोत्तमले शेयर निष्काशन गर्न धैर्य हुन नसकेको हो । नियामक निकायसँगको मिलेमतोमा शेयर मूल्यमा चलखेल गर्नका लागि कम्पनी हतारिएको देखिन्छ । कुनै पनि बखत नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानासँगको सहकार्य तोृडिन सक्ने, अहिले उत्पन्न भएका समस्या आउन सक्ने भएकाले कम्पनीले हतारो गरेर शेयर निष्काशन गर्न खाजेको हो ।

लेखापरीक्षण प्रतिवेदन नबनाई किन गर्यो बोर्डलाई बाधा अड्चन फुकाउन पत्राचार ?

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानासँगको मिलेमतो र ढुङ्गानाले सर्वोत्तम सिमेन्टप्रति देखाएको सदासहायताका कारण नै कम्पनीले कुनै प्रकृया अघि नबढाई सिधै नियमावली संशोधन गर्न पत्राचार गरेको हो । यसमा बोर्ड अध्यक्ष ढुङ्गानाले कम्पनीले सबै सबै समस्या मिलाउने आश्वासन नदिएका हुन्थे भने सायद कम्पनीले बोर्डमा यस्तो पत्र पठाउने थिएन । पब्लिकमा रुपान्तर भए पछिको पहिलो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाई बाधा अड्चन फुकाउन पत्राचार गर्नुले पनि हतारोलाई पुष्टि गर्छ । तर, सेबोन सञ्चालक समितिले फाइलमा लेखापरीक्षण प्रतिवेदन समेतका आवश्यक कागजात नदेखे पछि बोर्डका अध्यक्षलाई सहमति दिएन । कम्पनीसँग उक्त समयमा ६ महिनाको मात्र लेखापरीक्षण प्रतिवेदन तयारी अवस्थामा थियो ।

बोर्डमा पत्र पुगे लगत्तै कम्पनीले किन नियुक्त गर्यो बिक्री प्रबन्धक ?

अनौपचारिक घटनाक्रमको सुरुवात प्रष्ट नभए पनि कम्पनीले धितोपत्र बोर्डमा बाधा अड्चन फुकाउन पत्राचार गरे पछि २०७७ चैत ४ गते शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको हो । फागुन १० गते बोर्डलाई बाधा अड्चन फुकाउन आग्रह गरेको कम्पनीले सो लगत्तै ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सो दिन धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक एवं सहायक प्रवक्ता रुपेश केसीले कम्पनीको निष्काशनलाई मलजल गर्ने किसिमले बुकविल्डङ प्रणालीका सम्बन्धमा प्रस्तुती दिएका थिए । यो सबै घटनाक्रममा पनि बोर्ड अध्यक्ष ढुङ्गाना र सर्वोत्तम सिमेन्टको साँठगाँठले भरपुर काम गरेको देखिन्छ ।

बिक्री प्रबन्धकले चैत २२ गते बुकविल्डिङ निर्देशिकामा थप प्रष्ट पारिदन बोर्डलाई गरेका थिए अनुरोध

सवोत्तमको शेयर निष्काशनका क्रममा धतोपत्र बोर्डसँगको औपचारिक प्रकृयाको प्रकृयाको सुरुवात बिक्री प्रबन्धहकरुले पत्राचार गरे पछि सुरु भएको देखिन्छ । जहाँ तीन वटै संस्थाले संयुक्त रुपमा धितोपत्र बोर्डलाई बुविल्डिङ निर्देशका २०७७ का सम्बन्धमा थप प्रष्ट पारी शेयर निष्काशन प्रकृयालाई सरल बनाइ दिन आग्र गरेका थिए ।

यस्तो छ बिक्री छ बिक्री प्रबन्धकले धितोपत्र बोर्डलाई पठाएको पत्र
Click on image for Full Document

यसै सम्बन्धमा सर्वोत्तम सिमेन्टका प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानले धितोपत्र बोर्डले पहिले पब्लिकमा रुपान्तरण भएको १ वर्ष पुरा हुनु पर्छ भनेको र पछि एक आर्थिक वर्ष भन्ने व्यवस्था संशोधनबाट आएकाले आर्थिक वर्ष नभई वर्ष दिनका आधारमा शेयर निष्काशन प्रकृया अघि बढाइ दिनका लागि पत्राचार गरिएको बताए । शेयर निष्काशनका लागि अनुमति दिने नदिने नियामकको इच्छा भएको बताएका उनले पछि भएको संशोधनको व्यवस्था सर्वोत्तमको हकमा लागू गर्न नमिल्ने तर्क गर्दै सोका लागि कम्पनीका वकिलले बोर्डलाई पत्र पठाइएको बताए ।

लेखा परीक्षण प्रतिवेदन नै तयार नभएको अवस्थामा रातारात शेयर निष्काशन गर्नु पर्ने हतारो तपाईहरुलाई किन पर्यो भन्ने नोटबजारको प्रश्न पछि न्यौपानेले भने, “म एउटा ‘मिटिङ’मा छु, अर्थ न व्यर्थका कुरा किन गर्नु ? त्यो चिट्ठी र यो कुराको कुनै ‘भ्यालु’ छैन ।”

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।