समता लघुवित्तको नगद लाभांश वितरण

0
Shares

समता लघुवित्त (SMATA) ले ६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरी नवौं वार्षिक साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीलाई वितरण गरेको हो ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले नेपाल क्लियरिङ्ग हाउसको आईपीआएस मार्फत सम्बन्धीत शेयरधनीको बैंक खातामा सोझै नगद लाभांश जम्मा गरेको जनाएको छ ।

लघुवित्तको पुस १४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले साधारण सभाका लागि शेयर दाखिला खारेजी (बुकक्लोज) को अघिल्लो दिन अर्थात पुस ४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको हो ।

लघुवित्तले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र डिम्याट खातामा अद्यावधिक गर्न समेत लघुवित्तले अनुरोध गरेको छ । साथै, आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।

नवौं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँको २० प्रतिशत (तीन लाख ८२ हजार २३३ कित्ता) बोनस शेयर भने बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले नेप्सेमा बोनस सूचीकरण भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।