नेपाल फाइनान्स (NFS) ले हकप्रदमा अवितरित भई लिलामी मार्फत बिक्री गरेको शेयरको पुस २८ गते मंगलबार गोप्य शिलबन्दी बोलपत्र खुला गर्न थालिएको छ । प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंमा बिहान ११ः३० बजेदेखि बोलपत्र खुला गरिन थालिएको हो ।
फाइनान्सले शेयर पुस १७ गते देखि पुस २४ गतेसम्म २ लाख ५५ हजार ०७८ कित्ता संस्थापक शेयर र २ लाख ६० हजार १६५ कित्ता सर्वसाधारण शेयर लिलाम बढाबढमा बिक्रीमा लायँदै सर्वसाधारणबाट आवेदन मागेको थियो ।
फाइनान्सले गत मंसिर ४ गतेदेखि चुक्ता पूँजीको १२५ प्रतिशत बराबरको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको ५ लाख १५ हजार बढी कित्ता शेयर पुस १७ गतेदेखि पुस २४ गतेसम्म लिलामीमा ल्याएको थियो ।
सम्बन्धीत अन्य समाचारहरुः-
- नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता शेयर लिलामीमा
- नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने
- नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन
- नेपाल फाइनान्सको १७ करोडको हकप्रद बिक्री खुल्यो
- नेपाल फाइनान्सको १२५% हकप्रद स्वीकृत, पूँजीवृद्धिका लागि अर्को १७५% पनि आउने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया