साताको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ३४.६२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ३६१ दशमलव ५२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४६ कम्पनीका १२ हजार ७०२ कित्ता शेयर १ करोड ९५ लाख ३५ हजार ५४८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया