नेप्से कीर्तिमानी उचाइमा, ३१ अंकले बढ्दा दुई दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

0
Shares

दैनिक रुपमा नयाँ उचाई हासिल गर्दै आएको शेयर बजार परिसूचक नेप्से यो साताको अन्तिम दिन कीर्तिमानी उचाइमा पुगेको छ ।

नेप्से ३१.८७ अंकले बढेको बजार २३७४.६४ अंकमा उक्लिएको छ । बजारमा बहार आउँदा झण्डै दुई दर्जन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुग्दा कारोबार समेत सुधार आएको छ ।

बैंकिङ र म्याचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक करिब ४.९४ प्रतिशतले बढेको छ।

यस्तै लघुवित्तको सूचक पनि चार प्रतिशतले उकालो लागेको छ । यसदिन बैकिङ र म्युचुअल फण्ड बाहेक सबै समुहका सूचक सकारात्मक रहे ।

२०९ कम्पनीको ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा १ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर किनबेच भए । यसदिन झण्डै २ दर्जन कम्पनीको भाउ सर्किट लेभलमा बढेको छ । नेपाल लाइफको सबैभन्दा धेरै ५३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

सदिन मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीहरु लघुवित्त समुहका छन्। सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, महिला सहयात्रा लघुवित्त, ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, सबैको लघुवित्त, गुरास लघुवित्त, सुर्योदय लघुवित्त, सारथी नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

त्यस्तै शिखर इन्स्योरेन्स, युनाइटेट इन्स्योरेन्स, प्रभु लाइफ, अरुण काबेली पावर, गुर्खाज फाइनान्स, कर्पोरेट डेभलोपमेन्ट बैंक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेष्टमेन्ट, कर्णाली डेभलोपमेन्ट बैंक, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सात प्रतिशत बढीले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०७७, बिहिबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।