सानिमा म्युचुअल फण्डले एक अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई जारी गरेको छ ।

सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
क्यापिटलले जारी गरेको यो बन्दमुखी प्रकृतिको योजना हो । यसको अवधि सात वर्षको रहेको छ ।
फण्डको निष्काशित इकाइमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गरिने क्यापिटलले जनाएको छ ।
उक्त फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।
यस इकाईमा लगानीकर्ताले माघ ९ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा निष्काशित सबै इकाई बिक्री नभए माघ २६ गतेसम्म आवेदन खुला रहने जनाइएको छ ।
इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले इकाई धनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशतगरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै सानिमा इक्विटी फण्डको २०७७ माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मुल्य रु १६.३७ रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया