लगातार तीन दिन बढेको सुनचाँदीको मूल्य शुक्रबार घट्यो

0
Shares

लगातार तीन दिन बढेको सुनको मूल्य नेपाली बजारमा शुक्रबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ, तेजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।