राष्ट्रिय विधि विज्ञान प्रयोगशामा १८ जना कर्मचारी माग

0
Shares

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिक्त रहेका विभिन्न पदहरु परपूर्ति गर्न खुला प्रतियोगिताद्धारा १८ जनाको दरखास्त आह्वान गरेको छ ।

प्रयोगशालाले लोक सेवा आयोगबाट लिखित परीक्षा संचालन गर्नेगरि कर्मचारी छनौट गर्ने भएको हो ।

प्रयोगशालाले प्राविधिक तर्फ सहायक वैज्ञानिक अधिकृत ६ जना र वैज्ञानिक सहायक ९ जना गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै प्रशासन तर्फ प्रशासकीय सहायक १ जना, लेखापाल १ जना, कार्यालय सहायक १ जना गरि ३ जनाको दरखास्त माग गरेको हो ।

इच्छुक योग्यता पुगेका तह अनुसार १८ वर्ष देखि ४५ वर्ष ननाघेका नेपाली नागरिकहरुले माघ ९ गतेबाट फागुन ११ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दरखास्त फारम १ सय रुपैयाँ तिरी प्रयोगशालाको कार्यालय खुमलटार ललितपूरबाट प्राप्त गर्न सकिने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।