नेपाल प्रहरीले स्रोत नखुलेको १५ लाख २६ हजार नगद सहित २४ वर्षीय छेवाङ शेर्पालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर शेर्पालाई बिहीबार दिउँसो काठमाडौं महानगरपालिका २२ न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका शेर्पा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्दै आएका थिए ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारीे शरीर तलासी गर्दा उक्त नगद फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया