प्रभु बैंक लिमिटेड (PRVU) ले ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग माघ २५ गते आइतबार अनुमति मागेको हो ।
बैंकले जारी गर्ने १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर , २०८७ मा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।
४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुनेछ भने २४ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
मेगा क्यापिटल मार्केटलाई ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक चयन गरिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया