केहि दिन यता सुधारत्मक लयमा देखिएको शेयर बजारमा रेकर्डको श्रृखंला सुरु भएको छ । २६४० को उच्च विन्दु ब्रेक गरेको नेप्से मंगलबार २६७४ अंकमा पुगेको छ ।
बजार सुधारको गतिमा बढ्दा दर्जन बढी कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । यसदिनको कारोबारमा चार कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेको छ भने करिब एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । नेप्से सूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको छ । यो हालसम्मकै सर्वाधिक उच्च अंकको हो ।
बजार बढ्दा कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार २१३ कम्पनीको शेयर ७ अर्ब ४७ करोड बराबरमा किनबेच भएको छ । सोमबार ७ अर्ब २९ करोड ६७ लाखको शेयर खरीद बिक्री भएको थियो ।
यसदिन कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहका सूचक सकारात्मक रहदा अन्य समूहका सूचक ओरालो लागे ।
यसदिन निफ्राको सबैभन्दा धेरै ३९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै चिलिमे हाइड्रोको शेयर पनि ३१ करोड बराबरको किनबेच भयो ।
आजको बजारमा चार कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । युनाइटेड मादी, युनिभर्सल पावर, चिलिमे हाइड्रो र चन्द्रागिरीको शेयर दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साल्ट ट्रडिङका लगानीकर्ताले गुमाए । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Top Gainers
| Symbol | LTP | % Change |
| UMRH | 330.00 | 10 |
| UPCL | 165.00 | 10 |
| CHCL | 682.00 | 10 |
| CGH | 2,344.00 | 9.99531 |
| WOMI | 1,823.00 | 9.95175 |
| MLBSL | 841.00 | 9.93464 |
| NICLBSL | 1,162.00 | 9.93377 |
| SJCL | 489.00 | 9.88764 |
| SSHL | 235.00 | 9.81308 |
| PMHPL | 202.00 | 9.78261 |
| CHL | 229.00 | 9.56938 |
| RHPL | 536.00 | 9.38776 |
| BPCL | 447.00 | 9.29095 |
| JOSHI | 142.00 | 9.23077 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया