
नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उद्देश्य सहित ई-लर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ आउने भएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको जानकारी दिएको हो । सो प्रडक्ट आगामी बैशाख १ गतेदेखि देशभर नै उपलब्ध हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माइ सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औल्याउँदै अध्यक्ष बुढाथोकीले यस प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे ।
.jpg)
माइ सेकेण्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्दतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्र्तक्रियात्मक भिडियो सामाग्रीहरू, नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषताहरू रहेका छन् ।
हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्र्तक्रियात्मक भिडियो सामाग्रीहरू देशभर उपलब्ध हुनेछन् ।
नेपालमै नेपालीले बनाएको यो प्ल्याटफर्म विश्वका १८ वटा विकसित देशका सयौँ क्याम्ब्रिज स्कुलहहरूका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले प्रयोग गर्दै आएका छन् । सन् २०२० मा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई-लर्निङ्ग प्ल्याटफर्ममा पर्न सफल माइ सेकेण्ड टिचर अमेजन वेब सर्भिसेसको इडि स्टार्ट अवार्डबाट समेत सम्मानित छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया