नेपाल प्रहरीले स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटबाट उक्त रुपैयाँ सहित कैलाली टिकापुरका २९ वर्षीय गोपाल चौधरीलाई आइतबार पक्राउ गरेको हो ।
कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरिएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया