अपि पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले अपि पावर कम्पनीको २९ दशमल ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मूल्य ३५३ को आधारमा नेप्सेले हकप्रद पश्चातको मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकेको हो । अपिले हकप्रद शेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते  गरेको छ ।

बुक क्लोजको आधारमा अपि पावरको हकप्रद शेयर वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न सक्नेछन् । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । 

त्यस्तै एभरेष्ट इन्स्योरेन्सको मंगलवार कायम अन्तिम मूल्य ७७८ को आधारमा बोनस पछिको मूल्य प्रतिकित्ता ७२० रुपैयँँ तोकेको छ । इन्स्योरेन्सले जेठ ११ गते आव्हान गरेको साधारण सभाका लागि पनि वैशाख २९ गते बुक क्लोज गरेको छ ।

उक्त सभामा कम्पनीले ८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ । बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  ०८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।