बयालिस प्रतिशत कोरोना संक्रमित उपत्यकामा

0
Shares


बुधबार पुष्टि भएको कोारोना संक्रमतिमध्ये ४२.१७ प्रतिशत कोराना संक्रमित उपत्यकामा रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा ३९२४ जना कोरोना संक्रमित थपिए हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये काठमाडौंमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना रहेका छन् ।

कुल संक्रमितमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा संक्रमण हुने सङ्ख्या सर्वाधिक भएकाले जोखिम समेत बढेको छ ।

बुधबार देशभर पीसीआर विधिबाट २० हजार ३६२ र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टाको अवधिमा ४ हजार ४४४ जना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या पहिलो पटक एक लाख नाघेको छ । बुधबार १ लाख १ हजार ६३४ सक्रिय संक्रमित छन् भने ५१७ जना क्वारेन्टाइनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।