नेपाली युवा उद्यमी मञ्चद्वारा वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

0
Shares

 
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।
 
उक्त कार्य एनवाइइएफ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो।
 
एनवाइइएफको एपेक्स बडी केन्द्रीय कार्यसमितिमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमी सहभागी सहभागी रहेको एनवाइइएफले जनाएको छ।
 
नेपाली युवा उद्यमीमञ्च  एउटा गैर नाफामूखी संस्थाहो, यसको स्थापना सन् २००३ मा भएको हो ।  यस संस्थाको मूख्य उद्देश्य यूवा उद्यमीहरुबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ ।
 

 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  ०७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।