
पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा पीसीआर परिक्षणबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ गरी कुल ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २४६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजार ९८९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया