सामाजिक सुरक्षा भत्तामा ३३ %ले वृद्धि, ज्येष्ठ नागरिक भत्ता मासिक एक हजार बढ्यो

0
Shares

सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । 
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुरक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन हाल ज्येष्ठ नागरिक भत्ता मासिक तीन हजार रहेको छ ।
 
यसबाट १३ लाख जेष्ठ नागरिकले प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले ३ हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको छ। यो वर्ष सामाजिक सुरक्षाका लागि ६७ अर्ब बजेट छुटाएको सरकारले आगामी आवका लागि १ खर्ब बजेट विनियोजन गगरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट सार्वजनिक गर्दै ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ हजारबाट ४ हजार पुर्‍याइएको घोषणा गरेका हुन्।
सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित,तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा अहिले १० समूहले भत्ता पाइरहेका छन् । समूह अनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक छ। अर्थमन्त्री पौडेलले सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको बताए ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले बाट २०५२ १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् ।

नेकपा एमालेले निर्वाचनका क्रममा पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता प्रतिमहिना पाँच हजार पुर्‍याउने घोषणा गरेको थियो । सरकारले र्निवाचन घोषणा गरिसकेको अवस्थामा मतदातालाई आकर्षित गर्न सामाजिक सुरक्षाभत्ता वृद्धि गरेको हो। 

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गरेका हुन् ।

 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 
 

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।