स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले स्वासथ्यकर्मीको चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ शाहलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

शाहले वीरगञ्ज नगर क्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक–पटक व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने गरेका थिए ।

शाह उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।