
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४७२ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १७ हजार ९०३ जनामा कोरोना भाइरस परीक्षण गरीएको थियो । जसमा १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ गरी ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६ हजार ९५१ जना संक्रमण मुक्त बनेका छन् । यने संक्रमित हुनेभन्दा निको हुनेको संख्या २ हजार ४७९ जना धेरै हो ।
आइतबार पनि संक्रमण हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या आधा बढी थियो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार पनि कोरोना भाइरस संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ७ हजार ९९० जनाको मृत्यु भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया