सुनचाँदीको भाउ बढ्न थाल्यो, मंगबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

सरकारले जारी निषेधाज्ञा खुकुलो पारेसँगै नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुन प्रतितोला ६०० रुपैयाँ, तेजावी सुन तोलामा ५५० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी ९० हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँ , तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार पनि सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।