पछिल्लो २४ घण्टामा थपिए २ हजार ६२२ संक्रमित

0
Shares

नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल ११ हजार ५२७ जनामा परिक्षण गरेको थियो ।

मन्त्रालयका अनुसार ७ हजार ४९९ मा पिसिआर परिक्षण गर्दा १ हजार ७४५ र एन्टिजेन्टबाट ४ हजार २८ जनामा परिक्षण गर्दा ८७७ जना गरी २ हजार ६२२ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै पछिल्ले २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त बनेका छन् । हालससम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण २३ जनाको मुत्यु भएको छ । हालसम्म कोरोनाका कारण मुत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।