जीवन विकास लघुवित्तको आईपीओ ९% लगानीकर्ताले पनि पाएनन्, ६९ हजार आवेदन रद्द

0
Shares

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन गरेका कुल आवेदकमध्ये १९ लाख २ हजार ५१६ जना लगानीकर्ताको हात खाली भएको छ । आईपीओमा आवेदन गरेका ९१ प्रतिशत लगानीकर्ताले शेयर नपाएका हुन् ।

आईपीओमा आवेदन गरेका कुल (अयोग्य तथा आवेदन गरेरपनि विविध कारणले रद्द भएको समेत) आवेदकमध्ये सो संख्याका लगानीकर्ताले आईपीओमा आवेदन गरेपनि शेयर पाउन नसकेका हुन् । आवेदक संख्या उच्च हुँदा प्राथमिक बजारमा शेयर पाउन निकै मुस्किल पर्न थालेको छ भने हरेक पटक बैंक तथा वित्तीय संस्थालाई सि आश्वा शुल्क बुझाउँदा उल्टो लगानीकर्तालाई घाटा हुन थालेको छ । 

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, कसले कति पाए शेयर ?

लघुवित्त कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २० लाख ८७ हजार ३१७ वटा आवेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा कुल सो मध्ये १९ लाख २ हजार ५१६ जनाले शेयर पाउन सकेनन् । जुन कुल आवेदक संख्याको ९१.१५ प्रतिशत हो । कुल आवेदकको ८.८५ प्रतिशत अर्थात १ लाख ८४ हजार ८०१ जनाले मात्र आईपीओ प्राप्त गरे ।

आईपीओमा आवेदन गरेकामध्ये गोलाप्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको १८ लाख ८४ हजार १५ कित्ता शेयर १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले १८ लाख ४८ हजार १० कित्ता शेयर बाँडफाँड गरीएको हो । यसरी बाँडफाँ गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउने (१ लाख ८४ हजार ८०१ जना) मध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्ता सहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् ।

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

६९ हजार आवेदन रद्द हुँदा कुन शीर्षकमा कति ?

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कुल २० लाख ८७ हजार ३१७ वटा आवेदन परेकोमध्ये ६९ हजार ९ वटा आवेदन रद्द भएका छन् ।

जसमध्ये बैंक तथा वित्तीय संस्थाको सि आश्वा मार्फत परेको ६५ हजार ५३८ वटा आवेदन सुरुवाती चरणमा नै खातामा मौज्दात नहुँदा अस्वीकृत भए भने शंस्कास्पद आवेदनलाई विश्लेषण गरी परेको ३ हजार ४७१ वटा आवेदन रद्द गरिएको छ । आईपीओमा परेका ३५ हजार ८०५ आवेदनलाई शंस्कास्पद सूचीमा राखेर विश्लेषण गर्दा ३ हजार ४७१ वटा आवेदन दोहोरो आवेदनका कारण रद्द गरिएको क्यापिटलले जनाएको छ ।
आईपीओमा परेको २० लाख १८ हजार ३०८ वटा आवेदनलाई बाँडफाँड प्रकृयामा सामेल गराइएको थियो ।

आवेदन संख्या र रद्द कित्ताको प्रकृति

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर १८ करोड ४८ लाख १ हजार ५०० रुपैयाँ बराबरको १८ लाख ४८ हजार १५ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा त्यसको १६.९४ गुणा बढी अर्थात ३ अर्ब १२ करोड ९९ लाख ३४ हजार रुपैयाँ ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताको आवेदन परेको थियो ।

जसमध्ये बैंक तथा वित्तीय संस्थाको सि आश्वा मार्फत नै बैंक खातामा मौन्दात नहुँदा ६५ हजार ५३८ वटा आवेदन अस्वीकृत भएको छन् । सो आवेदन मार्फत १४ लाख ७० हजार ७४० कित्ता शेयर माग भएको थियो । यसैगरी दोहोरो आवेदनका कारण ३ हजार ४७१ वटा आवेदन रद्द गरिएको छ । ती आवेदन मार्फत परेको ५४ हजार २४० कित्ताको आवेदन गरी रद्द गरिएको छ ।

यसरी समग्रमा आईपीओ खरीदका लागि परेको कुल ६९ हजार ९ वटा आवेदन मार्फत माग भएको १५ लाख २४ हजार ९८० कित्ताको आवेदन रद्द गरिएको हो । २० लाख १८ हजार ३०८ वटा आवेदन मार्फत परेको २ करोड ९७ लाख ७४ हजार ३६० कित्ताको माग सदर भएको थियो ।

असार ११ देखि १५ गतेसम्म सर्वसाधरणमा निष्कासन गरेका आइपीओ लघुवित्त कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल, नागपोखरी स्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।

कर्मचारीलाई औषतमा ४० कित्ता र म्युचुअल फण्डलाई ७ हजार ६०५ कित्ता शेयर

जीवन विकास लघुवित्तको जारी भएको आईपीओमध्ये ३० हजार ४२० कित्ता शेयर सर्वसाधारणमा छुट्टाइएको थियो । लघुवित्तमा कुल ७६३ कर्मचारी रहेका छन् । यसअनुसार एक कर्मचारीले औषतमा ३९.८७ कित्ता शेयर प्राप्त गरेका छन् । यद्यपी कर्मचारीको तहअनुसार बरिष्ठदेखि कनिष्ठसम्म शेयर पाउने कोटा भने सम्बन्धीत संस्थाले निर्धारण गरे अनुसार हुने गर्दछ ।

यसैगरी कुल निष्काशनमध्ये ९८ हजार ८६५ कित्ता शेयर म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएको थियो । १३ वटा म्युचुअल फण्डलाई उक्त शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । यसअनुसार एक म्युचुअल फण्डले औषतमा ७ हजार ६०५ कित्ता शेयर प्राप्त गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।