
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको समेत लगानी रहेको श्रीराम सुगर मिल्सले उखू किसानहरुबाट खरिद गरेको उखूको सबै रकम भूक्तानी गरेको दाबी गरेको छ ।
साउन १४ गतेको दैनिक पत्रपत्रिका लगायत अनलाईन प्रकाशित हूने विभिन्न सञ्चार माध्यमहरुबाट उद्योगले उखू किसानहरुबाट खरिद गरेको उखूको रकम भूक्तानी गर्न ३ करोड बाँकी रहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनैपनि भुक्तानी बाँकी नरहेको उल्लेख गरेको छ ।
मिल्सले २०७७ पुस ३ गते देखि भुक्तानी सूचारु गरी भूक्तानी गरी सकेको जनाएको छ । उद्योगले स्थानीय स्तरमा नै विभिन्न पत्रपत्रिकाहरुमा सूचना समेत प्रकाशित गरी बाँकी रहेको बक्यौता रकम बूझिलिनका लागि जानकारी गराएको र सोही बमोजिम हाम्रा उखू किसानहरुले बांकी रहेको बक्यौता रकम बूझी लिएको समेत जनाएको छ ।
कथम्कदाचित उखू किसानहरुले भूक्तानी लिन छूट भई बाँकी बक्यौता रहेको भएमा आफ्नो उचित सक्कल प्रमाण सहित यो विज्ञप्ती प्रकाशित भएको मितिले ३ महिना भित्रमा कारखानामा उपस्थित भई भूक्तानी लिन मिल्सले अनुरोध गरेको छ ।
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा समेत सूचीकृत मिल्स कमजोर आर्थिक अवस्थाका कारण हाल बन्द अवस्थामा रहेको छ ।
सम्बन्धीत समाचारहरु:-
- श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता तिर्न बैंकमा जम्मा गर्यो २५ करोड
-
श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता भुक्तानी गर्न थाल्यो
-
नेप्सेद्वारा श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग
-
श्रीराम सुगर मिल्स पुनः सञ्चालनमा ल्याउन सरकार र उद्योगीबीच छलफल
-
श्रीराम सुगर मिल्समा १२ सय शेयरधनी, वीरगञ्ज चिनीसहित दुई बैंकको लगानी
-
दुई दशक पुरानो श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द, शेयर मूल्य भने बढ्यो
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया