ङादी ग्रुप पावरले २० प्रतिशत बोनस शेयर दिने

0
Shares

ङादी ग्रुप पावरले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाइ २० प्रतिशत बोनस शेयर दिने भएको हो ।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी समितिको बैठकले बोनस पछि २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णय आगामी साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।