युरोपेली संघसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया सम्पन्न

0
Shares

‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला शुक्रबार समापन भएको छ ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारको रूपमा युरोपेली संघ, जोडीएको छ । यसै अन्तर्गत आज किशोरकिशोरीहरुले युरोपेली संघबाट Chargé d’Affaires श्री स्टेफन माइकोनसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए ।

देश बिकास तर्फ उन्मुख किशोरकिशोरीहरुलाई बधाई दिँदै उनले युरोपेली संघले नेपालका लागि गरेका कामहरुको बारेमा जानकारी दिए । उनले यूरोप नेपाल सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेर नेपाल सरकारसँग सहकार्य गरी विभिन्न भूमिकामा कार्यरत गरेको कुरा जानकारी दिए ।
उनले एसडीजी को २०३० एजेन्डा प्राप्त गर्न को लागी युरोपेली संघ सदैब तत्पर रहेको र यसका लागि युवा शसक्तिकरन आबश्यक रहेको कुरा पनि उल्लेख गरे ।

उनले सबै किशोरकिशोरीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न को लागी आफ्नो पक्षबाट योगदान गर्नको लागी आग्रह गर्नु भयो। त्यसै गरी एक सक्रिय नागरिक को रूप मा जिम्मेवारीहरु लाई पूरा गर्न को लागी आफ्ना जिम्मेवारी पहिचान गरी काम गर्न पनि हौशला प्रदान गरे ।
किशोरकिशोरीबाट आएका प्रश्न को जवाफ दिदै वहाँले युवाहरु परिवर्तन को एजेन्ट रहेको र युवाहरुको सहभागिता लाई बलियो बनाउन को लागी अवाज उठाउन जोध दिए ।

त्यस्तै नेपालमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन युरोपेली संघको भूमिकालाई साझा गर्दै उनले नेपालको आर्थिक विकास, लगायत प्राविधिक र व्यावसायिक शिक्षालाई ग्रामीण बिकासमा टेवा पुर्याउने काम गर्दै आएको र सरकारलाई स्कूल क्षेत्र विकास योजनामा सुधार गर्नका लागी सहयोग गरिरहेको कुरा पनि बिश्लेशन गरे ।

अन्तत ग्लोकलले युरोपेली संघ सँगको साझेदारी मार्फत युवा बिकासका नबिनतम आयाम सिर्जना गर्नेकुरामा साकारात्मक रहेको कुरा बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७८, शनिबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।