नेपाल प्रहरीले पर्साबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित एक जनालाई पक्रउ गरेको छ ।
प्रहरीले वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको उक्त रकम सहित सोही ठाउँ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको हो ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुक्रबार पक्रउ गरेको हो ।
तेली विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया