निजी क्षेत्रलाई सुन आयात अनुमति र क्षेत्रगत रुपमा वितरण थाल्न माग

0
Shares

नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका हुन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुन अभावको बारेमा जानकारी गराउनुका साथै सुनचाँदी ब्यवसायमा देखिएका अन्य विभिन्न विषयवस्तुहरुको समते जानकारी गराएको बताए ।

प्रतिनिधिमण्डलले सुनको सहज आपूर्ति ब्यवस्था मिलाइनुपर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख भए अनुरुप क्षेत्रगत रुपमा विभिन्न ९ वटा नाकाहरुबाट कच्चा सुन वितरणको ब्यवस्था मिलाइनुपर्ने, सुनचाँदी ब्यवसायीले सबै बैंकका खाता खोल्नुपर्ने बाध्यात्मक ब्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राखेको छ ।

यसैगरी सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्स्चेञ्ज स्थापनका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी ब्यवसायीलाई पुर्नकर्जाको ब्यवस्था मिलाइनुपर्ने, चाँदीको आयातलाई ब्यवस्थित बनाइनुपर्ने लगालयतका मागहरु प्रस्तुत गरिएको अध्यक्ष शाक्यले नोटबजारलाई जानकारी दिए ।

महासंघका प्रवक्ता मनोज कुमार शाहका अनुसार त्यसक्रममा महासंघका तर्फबाट बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुनको आपूर्ति ब्यवस्था बढाउन आग्रह गरिएको छ । चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल ब्यवसायीहरुले दैनिक २० किलोकादरले मात्र कच्चा सुन पाउँदै आएकाले सो कोटाले माग धान्न सकिने अवस्था नरहेको व्यवसायीहरुको भनाई छ ।

भेटका क्रममा महासंघका तर्फबाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्म शुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७८, बुधबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।