पच्चिस बन्दमुखी म्युचुअल फण्डहरुद्धारा दोस्रो बजारमा २९ अर्ब पूँजी परिचालन

0
Shares

नेपाल सञ्चालित २५ ओटा सामुहिक लगानी कोषका योजनाहरुले धितोपत्रको दोस्रो बजारमा २९ अर्ब बराबरको पूँजी परिचालन गरेका छन् ।

मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा शुक्रबार भएको म्युचुअल फण्डको बारेमा बुझौं र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कम पूँजी भएका लगानीकर्ताहरु, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागिका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने बताए ।

कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्यचुअल फण्डमा लगानी सुरक्षित र प्रभावकारी हुने बताए ।

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको शहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सूचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सहि सूचना आजको आवश्यकता रहेको समेत ढकालको भनाई छ । दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाव दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाई नै दोहो¥याएका छन् । योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ ।

हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरुको २९ अर्ब बराबरको पूँजी परिचालन रहेको जानकारी दिए । हाल धितोपत्र बजारमा २५ वटा बन्दमुखी योजना र चार ओटा खुलामुखी योजनाहरु गरी २९ वटा योजना सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ ।

यी बाहेक चार ओटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ ।

म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आईरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे ।  म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भएपनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाई गिरीको छ ।

सञ्चारकर्मीहरुको माध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सुचना सम्प्रेषण गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथी प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तराष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फण्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।

मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औल्याएका छन् ।

म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरुलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले पनि दिर्घकालिन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पु¥याउन आवश्यक रहेको बताए । यसका लागि पत्रकारहरुको क्षमतालाईनै बढाउन आवश्यक रहेको उनको भनाई छ ।

नाफिज र मर्चेण्ट बैंकर एशोसिएसनको सहकार्यलाई निरन्तरता दिँदैै पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा पनि म्युचुअल फण्ड लगाएत धितोपत्र बजारका थप विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको क्षमता विकासका लागि नाफिजले विभिन्न निकायहरुसँगको सहकार्यमा क्षमता विकास सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७८, शनिबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।