स्वरोजगार र आशा लघुवित्तको मूल्य समायोजनपछि कतिमा खुल्छ आइतबार कारोबार ?

0
Shares

स्वरोजगार लघुवित्त र आशा लघुवित्तको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कात्तिक १२ गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनसपछि प्रतिकित्ता १ हजार २७२ रुपैयाँ र आशा लघुवित्तको २५ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता १ हजार ५१९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । शुक्रबार समायोजन मूल्यलाई आधार मानेर दुबै लघुवित्तको आइतबार नेप्सेमा शेयर कारोबार खुल्नेछ ।

अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहीबार स्वरोजगारको शेयर प्रतिकित्ता १ हजार ५९० रुपैयाँ र आशा लघुवित्तको १ हजार ८९९ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै लघुवित्तले शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।