नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार नेपालमा पनि मुल्य निर्धारण हुँदै आइरहेको छ । नेपालमा आइतबारदेखि शुक्रबारसम्म साताको ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रन्त तथा आभुषण महासंघले सुनको भाउ निर्धारण गर्ने गर्दछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया