तिहारअघिको शेयर बजार हरियोमा बन्द, साढे ६ अर्बको किनबेच

0
Shares

तिहारअघिको अन्तिम दिनको शेयर कारोबार हरियो भएर बन्द भएको छ ।  बुधबार नेप्से सुरुवातदेखि नै बढेपछि तीव्र बिक्री चापको दबाब परेकाे थियाे । साढे २ बजेको समयमा बजार ऋणात्मक भएपनि अन्तिम समयमा आएर ५.२२ अंकले बढेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से बढेर २८४८ दशमलव ८४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३० दशमलव ८९ बिन्दुमा पुगेको हो ।

दिनभरमा कूल २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर ६१ ह्जार ७४५ वटा कारोबारमा खरिद बिक्री भएका छन् । उक्त शेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रूपैयाँ खरिद बिक्री भएको नेप्सेले जनाएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहका सूचक घटेको छ भने बाँकी ८ वटाको बढेको छ ।

यसदिन नबिल बैंक लिमिटेडको सर्वाधिक १ अर्ब १७ करोड ९७ लाख ८६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । बैंकले गत आवको नाफाबाट ३८ प्रतिशत ( चुक्ता पूँजीको ३३.६० बोनस र ४.४० नगद ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । आकर्षक लाभांश कुल कारोबारको १७.८६ प्रतिशत कारोबार नबिल बैंकको मात्र भएको छ ।

नबिल बैंकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश

यस्तै महालक्ष्मी विकास बैंक ३५.१७ करोड, अपि पावर २८.९१ करोड, अरुण काबेली २१.७९ करोड र पुनर्बीमा कम्पनीको १८.६३ करोडको शेयर कारोबार भएको छ । अरुण भ्याली, युनाइटेड मोदी हाइड्रोपावर, रिडी, ज्योति विकास बैंक र हिमालयन डिष्टिलरी कारोबार रकमका आधारमा शीर्ष दश कम्पनीमा समेटिएका छन् ।

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा साहास उर्जा कम्पनी र आईसीएफसी फाइनान्सको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । अरुण काबेली, एनआरएन, मानुषी लघुवित्त, एनआईबिएल प्रगति फण्ड, अपि पावर र तेह्रथुम पावरको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ५.५९ प्रतिशतले घट्दा श्री इन्भेष्ट फाइनान्स, युनिलिभर नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, युनाइटेड मोदी हाइड्रोपावर, र प्रिमियर इन्स्योरेन्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।