एशियन लाइफको २७ प्रतिशत लाभांश घोषणा

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी (ALICL) ले २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस शेयर शेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

कम्पनीले यसअघिका दुई आर्थिक वर्षमा लगानीकर्तालाई कुनैपनि लाभांश वितरण गरेको थिएन ।

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनश शेयर (५० करोड २६ लाख रुपैयाँ) वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।