रैराङ हाइड्रोले सेयरधनीलाई भन्यो, बैंक खाता अद्यावधिक गर्नु

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी (RRHP) ले लाभांश वितरण गर्नका लागि आफ्ना सेयरधनीलाई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।

कम्पनीको गत कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको करसहित १२.६० प्रतिशत नगद वितरण गर्न लगानीकर्तालाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको हो ।

डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र सेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुने पनि बताएको छ ।

कम्पनीले हालसम्म पनि काजगी अर्थात भौतिक रुपमा सेयर धारण गरिरहेका सेयरधनीलाई यथाशीघ्र शेयर अभौतिकीकरण (डिम्याट) गराउन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।