
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गतको वाणिज्य तथा आपूर्ति समितिको सभापतिमा दुर्गाराज श्रेष्ठ मनोनित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले समितिको सभापति दुर्गाराज श्रेष्ठलाई मनोनित गरेका हुन् ।
समितिको उपसभापतिमा अमुलकाजी तुलाधर मनोनीत भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद पौडेल, धिरज श्रेष्ठ, रामहरी घिमिरे, निलप्रसाद घिमिरे, भरत बराल, जयराम सापकोटा, भीमप्रसाद शर्मा र नवीन लुईंटेल छन् ।
संघका अध्यक्ष श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच होटल प्यासाफिक कान्तिपथमा मनोनित सबैलाई मनोनयनपत्र वितरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सोमबार वाणिज्य तथा आपूर्ति, भन्सार, सूचना प्रविधि तथा व्यापार मेला समिति गरी ४ वटा समितिको गठन गरेको थियो । जसअनुसार वाणिज्य तथा आपूर्ति समितिको सभापतिमा दुर्गाराज श्रेष्ठ, व्यापार मेला समितिको सभापतिमा सदिश श्रेष्ठ, सूचना प्रविधि समितिको सभापतिमा दीपक भण्डारी भन्सार समितिको सभापतिमा राजेन्द्र संग्रौला रहेका छन् । यी समितिहरुमा विभिन्न वस्तुगत संघ, क्षेत्रगत व्यवसायी संघ र उद्योगी व्यवसायीहरू गरी ३० जनालाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको हो ।
संघका कार्यसमिति सदस्य प्रदीपमान प्रधानलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्यमा निर्वाचित भएको अवसरमा बधाई समेत दिइएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया