विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
घट्दो बजारमा पनि यी दुई कम्पनीको सेयर मूल्यमा भने सोमबार सकारात्मक सर्किट लागेको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था साविकको नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्पन्न भई एक वर्षपछि सेयर कारोबार खुला भएको लघुवित्त हो भने बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी पनि हालैमात्र धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनी हो ।
यसैकारण दुबै कम्पनीको सेयर खरीदमा अधिकतम खरीदचाप छ भने बिक्रीकर्ता भने शुन्यजस्तै छन् ।
सेयरको न्यून आपूर्ति र उच्च मागका कारण मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस अवधिमा विन लघुवित्तको ७१ कित्ता र बुद्धभुमी हाइड्रोपावरको १०० कित्ता सेयर मात्र कारोबार भएको छ ।सर्किट मूल्यमा नै विन लघुवित्तको ८३ हजार १५४कित्ता सेयर खरीदको माग छ भने बृद्धभुमीको १ लाख ३८ हजार बढी कित्ता सेयर खरीद माग रहेको छ ।
कारोबारको एक घण्टासम्म विन लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेर ३८२ रुपैयाँ ९० पैसा पुगेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घट्दा स्वाभिमान लघुवित्त, तेह्रथुम पावर, र सामलिङ्ग पावरको सेयरमूल्य पनि ६ प्रतिशत बढीले घटेको छ ।
१ बजेसम्म नेप्से ७३.८५ अंकले घटेर २८४६.६६ बिन्दुमा पुगेको छ । यस अवधिमा२२३ कम्पनीका ९१ लख १० हजार कित्ता सेयर ४ अर्ब ९१ करोड २ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । यसअवधिसम्म एनआईसी एशिया बैंकको सर्वाधिक २७.६९ करोडको सेयर कराोबारमा आएको छ । बैंकको लाभांश रद्द भएपछि बिक्री चाप बढ्दा बैंकको उच्च कारोबार भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया