एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

0
Shares

संघीय संसदमा पेश भएको एमसीसीमाथिको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो । एमाले सांसद्हरुले बैठकमा गरिरहेका विरोध प्रदर्शनका बावजुत । सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।

आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आइतबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।