बेलायती केन्द्रीय बैंकले पनि औसत ब्याज दर बढाउँदै

0
Shares


बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्यान्डले पनि औसत ब्याजदर बढाउने तयारी गरेको छ ।

मुद्रास्फीति नियन्त्रणको लागि बैंक अफ इङ्गल्यान्डले औसत बयाजदर बढाउने प्रक्रिया अघि सारेको छ । त्यसै अनुरुप चौथो पटकको ब्याजदर वृद्धिका लागि केन्द्रीय बैंकको बैठक बसेको छ ।

विश्लेषकहरुले केन्द्रीय बैंकले औसत ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पु¥याउने बताएका छन् ।

मुद्रास्फीति नियन्त्रणका लागि बेलायतले औसत ब्याजदर बढायता पनि मुद्रास्फीति दर वृद्धि भएको छ । रुस–युक्रेन युद्धका कारण इन्धन र खाद्यान्नको मूल्यवृद्धि हुँदा बेलायतको मुद्रास्फीति दर ७ प्रतिशतभन्दा माथि पुगेको छ ।

अहिलेको मुद्रास्फीति दर बैंक अफ इङ्गल्यान्डले अपेक्षा गरेको भन्दा तीन गुणा बढी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।