बजारमा समान्य सुधार हुँदा कारोबार योग्य सेयरको पुँजीकरण घट्यो


सोमबार सेयर बजारमा सामान्य सुधार आएको बजार । बजार परिसुचक नेप्से १.१५ अंकले बढेर २१९६.२५ अंकमा उक्लिएको छ ।

सोमबार २१७ कम्पनीका १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयरहरु ६७ हजार २०५ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँमा किनबेच भएका छन् । बजारमा देखिन थालेको सुधारसँगै दैनिक कारोबार रकम बढ्न थालेको हो । आइतबार ४ अर्ब ६० करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार यस्तो रकम ५ करोडभन्दा धेरैले बढेको हो ।

समुहगत आधारमा लगानीकर्ताको मुभ घुम्ने क्रममा सोमबार केही जलविद्युत कम्पनीहरुको सेयरमा अधिक सुधार देखिएको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको बजारमा दोर्दीखोला जलविद्युत आयोजना तथा हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ । सामुहिक लगानी कोषसमेत गरी ८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १४५ कम्पनीको घटेको छ । यस दौरान स्वाभिमान लघुवित्त, स्टाण्डर्ड चार्टर्ड बैंक लगायत कम्पनीको सेयरमूल्यमा धेरै गिरावट आएको छ ।

समुहगत आधारमा वाणिज्य बैंक, व्यापार, जलविद्युत, उत्पादन र लगानी समुह बढेको बजारमा अरु सबै उपसमुहमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्सको अधिक कारोबार भएको बजारमा सेयर संख्याका आधारमा हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको धेरै कित्ता सेयर किनबेच भएको छ ।

नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकलाई उस्तै प्रकृतिका अन्य संस्थासँग मर्जर गराउने विषय मौद्रिक नीतिमा समेटेसँगै हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीसँग मर्जर हुन सक्ने आँकलनसँगै कम्पनीको सेयर मूल्य बढ्नुका साथै धेरै कारोबार भएको हो ।

बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण पनि बढेको छ । आइतबार ३१ खर्ब ३४ अर्ब ४७ करोड ८ लाख रुपैयाँ रहेको बजार पुँजीकरण सोमबार ३१ खर्ब ३६ अर्ब ११ करोड ७ लाख रुपैंया कायम भएको हो ।

कारोबारयोग्य सेयरको बजार पुँजीकरण भने आइतबार ११ खर्ब २३ अर्ब २२ करोड ७ लाख रुपैंया रहेकोमा सोमबार घटेर ११ खर्ब २३ अर्ब २० करोड ६१ लाख रुपैयाँ काय भएको छ ।

कारोबारयोग्य सेयरको हिस्सा धेरै भएका कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यस्तो पुँजीकरण घटेको हो । सोमबार कारोबारयोग्य सेयरको मापक फ्लोट इण्डेक्स स्थिर रहेर १५१.७७ अंकमा अडिएको छ ।

आइतबारको सेयर बजार : लगानीकर्ता बीमा कम्पनीतिर ‘डाइभर्ट’, बैंकमा आकर्षक सुधारसँगै साढे ४ अर्ब बढीको सेयर किनबेच

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।