कर्जाको व्याजदर सम्झौता अनुसार एकल अंकमा नझारे आन्दोलन गर्ने उद्योगीको चेतावनी


नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशले बैंक वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको व्याजदर एकल अंकमा ल्याउन माग गरेको छ ।

शुक्रबार बसेको परिसंघको बैठकले कर्जा लिँदा भएको सहकती अनुसार व्याजदर एकल अंकमा झार्नका लागि दवाबमुलक अभियान सुरु गर्ने निर्णय गरेको हो ।

मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गइरहेका बेला अर्थतन्त्रको स्तम्भको रुमा रहेको उद्योग व्यवसायलाई प्रेत्साहन गर्नेभन्दा निरुत्साहन गर्ने काम भएको परिसंघको निष्कर्ष छ ।

अर्थ व्यवस्था कमजोर बाटोमा गइरहेका बेला समस्यामा परेका उद्योग व्यवसाय बैंक वित्तीय संस्थाको निरन्तरको व्याजदर बृद्धिबाट झनै समस्यामा पर्ने अवस्था आएको भन्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको छ । बैंकहरुले कात्तिकमा समेत व्याज बढाउने तयारी गरेको भन्दै परिसंघले त्यस्तो भएको खण्डमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

“खासगरी उत्पादन मुलक उद्योगहरु लाइ प्रोत्सान गर्नु पर्नेमा राज्य तथा बैंकहरुबाट भई रहेको लगातारको ब्याज बृद्धि र फेरी बढाउने तयारीले सम्पुर्ण औद्योगिक क्षेत्र हतोत्साहीभईरहेकोतर्फ सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने र कुनै सुनुवाई नभएमा चाडपर्व पश्च्यात महिनाको अन्तरालमा बैंकहरुले बढाउने गरेको ब्याजदर पुर्ब सहमति अनुरुप एकल अंकमा नझारेसम्म सरोकारवाला सबै संघ संस्थाहरुसँग समन्वय गरी संयुक्त रुपमा कडा भन्दा कडा बिरोध सहितको कार्यक्रम गरिनेछ” परिसंघका अध्यक्ष भीम घिमिरेले भने ।

‘बैंकमा पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।