पुस मसान्तको चटारोः एकैदिन डेढ दर्जन कम्पनीले साधारण सभा सम्पन्न गर्दै

0
Shares

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात पुस मसान्त नजिकिँदै जाँदा गत आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने क्रम तीब्र बनेको छ ।

पुस मसान्तभित्रै सभा सक्ने गरी बिहीबार डेढ दर्जन सूचीकृत कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को साधारण सभा आह्वान गरेका छन् ।

पुस मसान्तसम्म साधारण सभा सम्पन्न नगर्ने सूचीकृत कम्पनीहरुलाई नेप्सेले गर्ने कम्पनी वर्गिकरणमा घटुवामा पर्नेदेखि कम्पनी ऐन अनुसार जरिवानासम्म तिर्नुपर्ने भएकाले सूचीकृत संस्थाहरुलाई साधारण सभा गर्ने चटारो परेको हो ।

कोभिड महामारीलाई ध्यानमा राखेर सरकारले २५ जनाभन्दा बढीको सभा तथा सम्मेलनमा रोक लगाएका कारण सबै कम्पनीहरुले यसअघि आह्वान गरेका भौतिक उपस्थितिलाई मोडालिटी परिवर्तन गर्दै भर्चुअल माध्यममा परिणत गरेका छन् ।

तीन वाणिज्य बैंक सहित आज १७ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । पुस २९ गते साधारण सभा बोलाउने कम्पनीहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक रहेका छन् ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पनि आजै सभा बोलाएका छन् ।

लघुवित्त कम्पनीहरुमा पाँच कम्पनीले आज सभा बोलाएका छन् । मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, समाज लघुवित्तले सभा बोलाएका हुन् ।

यस्तै बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल तथा चन्द्रागिरी हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि आजै वार्षिक साधारण सभा डाकेका छन् ।

पूँजी बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आजै ४० औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सबैजसो कम्पनीले लाभांश अनुमोदनका साथै आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरिइाक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने एजेण्डालाई समावेश गरेका छन् ।

यसका अतिरिक्त केहीले उपयुक्त कम्पनीसँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद जारी गर्ने, सञ्चालकको निर्वाचनलाई पनि वार्षिक साधारण सभाको एजेण्डामा समेटेका छन् ।

थप समाचारहरू:-

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस कति ?

एनसीसी बैंकले डाक्यो साधारण सभाः ८ प्रतिशत बोनस पारित हुने

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश वितरण गर्ने

गुडविल फाइनान्सले पुस २९ गते बोलायो साधारण सभा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले ९ करोड ९ लाख लाभांश वितरण गर्ने

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

मिथिला लघुवित्तले ३ करोड ५८ लाख लाभांश वितरण गर्ने

सामुदायिक लघुवित्तका सेयरधनीले लगातार दोस्रो वर्ष पनि लाभांश नपाउने

मानुषी लघुवित्तको सेयरधनीको पनि हात खाली हुने

बरुण हाइड्रोपावरको एजीएममा फेरि हकप्रद एजेण्डा: पारित भएकाे ५ वर्षसम्म निष्काशन नभएकाे अब आउला ?

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश प्रस्ताव

नेप्सेले १६६.६७ प्रतिशत लाभांश बाँड्ने, पुस २९ गते साधारण सभा आह्वान

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।