वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेकका सबै सेवा बन्द गर्ने

0
Shares

वैदेशिक रोजगार बोर्डको सचिवालयले अत्यावसेक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट बिहीबार जारी भएको आदेश अनुसार बोर्डको सचिवालयले अत्यावसेक (शव ढुवानी ) बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको हो ।

सचिवालयको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका कारण शव ढुवानी बाहेकका सबै सेवा बन्द गर्ने लागिएको सचिवालयले जनाएको छ ।

सबै सेवा तथा सुविधा माघ ९ गतेबाट अर्को सूचना नआएसम्मका लागि बन्द हुनेछन् ।

त्यसैगरी सचिवालयले आर्थिक सहायताको निवेदन स्थानिय तहबाट दिन आग्रह गरेको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएको कारण सचिवालयले प्रदान गर्ने आर्थिक सहायताका लागि आवस्यक कागजात संलग्न गरी स्थानीय तह मार्फत निवेदन दिन आग्रह गरेको हो ।

यो सँगै अत्यावशयक सेवा लिन सचिवालय जाने सेवाग्राहीले पनि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी खोपकार्ड लिएर जानुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार  १७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।