विदेशी ऋण ल्याउँदा नयाँ व्यवस्था, लिबोर खारेज गरी ‘बेन्चमार्क’

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउँदा तय हुने ब्याजदरमा नयाँ व्यवस्था गरेको छ । बैंकले लण्डन इन्टर बैंक अफ रेट (लिबोर) लाई खारेज गरेर नयाँ ‘वान इअर बेन्चमार्क इन्ट्रेष्ट’ तोकेको हो ।

सन २०२१ को अन्त्यदेखि प्रयोगमा नरहेको लिबोरको विकल्पमा राष्ट्र बैंकले अल्पकालिन अवधिका लागि बेन्चमार्क तय गरेको हो । वैदेशिक ऋण लिँदा वा विगतका ऋणमा लाग्ने ब्याजदर गणना गर्दा लिबोरमा गर्दै आएका थिए ।

राष्ट्र बैंकका अनुसार नयाँ बेञ्चमार्क अनुसार लिबोर १.२५ प्रतिशतको सट्टामा वन इअर बेन्चमार्क १.७५ प्रतिशत हुने व्यवस्था गरेको छ । त्यसैगरी एक वर्षे लिबोर दरमा ०.२५ प्रतिशत कायम भएकोमा नयाँ व्यवस्था अनुसार ०.७५ दर कायम गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

नेपाल राष्ट्र बैंकले नयाँ बेन्चमार्कलाइ परिभाषित गर्दै अमेरिकी डलरमा ल्याउने ऋणको बेन्चमार्कको लागि सेक्युअर्ड ओभरनाइट फाइनान्सियल रेट(एसओएफआर), ब्रिटिस पाउन्डमा ल्याइने ऋणको लागि स्टर्लिङ इन्टर बैंक एभरेज रेट (एसओएनआइए), स्वीस फ्र्यान्ङमा आउने ऋणको लागि सीएचएफमा अंकित नयाँ ऋणका लागि स्विस एभरेज रेट ओभरनाइट (एसएआरओएन), जापानिज ऐन अर्थात जेपीवाइमा अंकित नयाँ ऋणको लागि टोकियो ओभरनाइट एभरेज रेट (टीओएनए) र युरोमा अंकित नयाँ ऋणका लागि युरो सर्ट टर्म रेट (इएसटीइआर) लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

साबिकको ऋण सम्झौतामा तारिख ३१ डिसेम्बर २०२१ पछि लिबोरको सट्टामा फलब्याक प्रोभिजन्स व्यवस्था भएको हकमा सोही बमोजिम हुनेछ । तर, फलब्याक प्रोभिजन्समा साविकको लिबोर मा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुबैको सहमतीमा अधिकतम अलल इन कस्ट ५० आधार विन्दुमा मार्जिन थप गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । तर, फलब्याक प्रोभजिन्स नभएको व्यवस्थाको हकमा साबीक बमोजिम नै हुने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।